नियम ४३
उपभोग्य वस्तु वा अन्य सबूद प्रमाण परीक्षण वा विश्लेषण गर्न पठाउन सक्ने
प्रतिवादीको प्रतिउत्तर परेपछि उजुरवालाले पेश गरेको उपभोग्य वस्तु वा कुनै सबूद प्रमाण प्रयोगशाला वा विशेषज्ञबाट परीक्षण वा विश्लेषण गर्न आवश्यक छ भन्ने क्षतिपूर्ति समितिलाई लागेमा क्षतिपूर्ति समितिले त्यस्तो उपभोग्य वस्तु वा सबूत प्रमाण परीक्षण वा विश्लेषणको लागि प्रयोगशाला वा सम्बन्धित विशेषज्ञ कहाँ पठाउनेछ ।